धनगढी। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्या देखिएपछि नगरप्रमुख हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो ।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सकका अनुसार हमाललाई ब्रेन अट्याक भएको पुष्टि भएको छ। यसअघि पनि उनले भारतका विभिन्न सहरहरूमा स्वास्थ्य उपचार गराउँदै आएका थिए। उनका मस्तिष्कको नसामा समस्या रहेको बताइएको छ।













