धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५ स्याउले सडकखण्डमा होटल सौरिहार सञ्चालनमा आएको छ । आइतबारबाट उक्त होटल सञ्चालनमा आएको हो ।
नयाँ र फरक परिकारसहित होटल सञ्चालनमा ल्याइएको सञ्चालक छेदालाल चौधरीले बताए । होटलमा खासगरी परम्परागत थारु परिकार पाइने उनले बताए । उनले भने ‘पछिल्लो समय परम्परागत थारु परिकार लोप हुँदै गएका छन् । त्यसको संरक्षण र प्रवर्र्धनमा यसले टेवा पु¥याउने छ ।
होटलमा अर्डर अनुसार सम्पूर्ण परिकार बनाइने बताउँदै सञ्चालक चौधरीले स्थानीय कुखुराको मासुका साथै खाना,नास्ताको व्यवस्था रहेको बताए । उनले होटलमा अर्गानिक खानाको व्यवस्था समेत रहेको बताए ।













