धनगढी- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ। आइतबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले बताए।
पुनलाई ज्वरो आउने र ज्यान दुख्ने लक्षण देखिएको छ।उनी घरमै आराम गरिरहेका छन्। पुन सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य पनि हुन्। यसअघि पनि उनमा कोरोना संक्रमण देखिएको थियो।













