मार्तडी । बाजुरामा जिबको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बुढिनन्दा ९ छोरीको घर बस्ने ६० बर्षिया रुपशिला धामी रहेकी छन् ।
बाजुराको अंगाउपानी स्थित मार्तडी-कोल्टी सडक खण्डमा शुक्रबार दिउसो मार्तडीबाट कोल्टी तर्फ जादै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको खुद्रा सामान बोकेको जिपले सोही ठाउ बस्ने वडा नं.१० घर भई हाल ९ अंगाउपानी छोरीको घरमा बस्ने धामी सडकमा हिडिरहेको अवस्थामा जिपले ठक्कर दिई गम्भिर घाईते भएकी थिईन् ।
उनलाईअस्पताल लगीएको र उपचारको क्रममा मृत्यु भएको,प्रहरीले जनाएको छ । जिप र जिप चालक जिल्ला कैलाली, चुरे गा.पा.६ बस्ने बर्ष २४ को लोकेन्द्र साउदलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यकअनुसन्धान गरिरहेको छ ।














