धनगढी । कैलालीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१ अदालत रोडबाट सोही ठाउँ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षकै बसन्त परियार पक्राउ परेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













