धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन् ।
कैलाली र कञ्चनपुरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली सुदूरपश्चिम आउन लागेका हुन् ।
उनले आज सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आजै धनगढी उपमहानगरपालिका-८ स्थित निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।














