धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र भजनी नगरपालिका–९ पहलवानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ४९ हजार ८५० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।
उक्त मूल्यका भन्सार छलीका बिडी, सुर्ती, डेरी क्रिम, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।














