धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा राखिएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन्।
प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा रहेका आन्दोलनरत विद्यार्थीहरूले सडकमा लगाएका झन्डा हटाएका हुन्।
सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीले स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।
ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेतालगायत छन्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा लगाइएका झन्डा हटाएका हुन्।














