धनगढी । कैलालीबाट भन्सार छलीका सामान नियन्त्रमा लिइएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ चुहिने पानी नजिक र टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख १५ हजा।र ७५० बराबरको सामान नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्यको चिनी, बिडी,सुर्ती, सब्बल, बेल्चा, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाक्ष्एको छ ।













