धनगढी । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट सोही ठाउँ बस्ने ४० वर्षीय बलराम राना लागुऔषधसहित पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
रानालाई १ ग्राम १४० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।














