धनगढी । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कैलालीको धनगढीस्थित ऎश्वर्य बहुमुखी क्याम्पसको सभापतिमा अखिल(क्रान्तिकारी) बाट विकाश बिष्टले उम्मेदवारी दिएका छ्न ।
त्यस्तै, सचिवमा सुनिलप्रसाद जोशी र कोषाध्यक्षमा रोशनी खड्कालेले उम्मेदवारी दिएका छ्न ।
आफ्नो संगठनले विगतदेखि नै विद्यार्थीका हकहितमा काम गर्दै आएकोले सहजै प्यानलसहित विजयी हुने अध्यक्षका उम्मेदवार बिष्टले दाबी गरे ।
उनले भने ‘हाम्रो संगठनले पनि बलियो छ । हामीले विभिन्न सिर्जनात्मक काम पनि गरिरहेका छौँ । चुनाव हामी जित्छौं ।’
उनले उद्यमशीलता,विद्यार्थीलाई सीपमूलक तालिम दिने र रोजगारीसँग जोड्ने आफ्ना चुनावी एजेन्डा रहेको बताए ।
ऐश्वर्यमा नेविसङ्घबाट सभापतिमा दीपक भट्ट र अनेरास्ववियुबाट दीपेन भट्टको उम्मेदवारी परेको छ ।














