धनगढी । कैलालीको धनगढी बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एक जना चरेशसहित पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा कञ्चनपुरको वेदकोट नगरपालिका–८ का २१ वर्षीय भुवन नाथ रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका–१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।














