धनगढी । कैलालीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ८ क्याम्पसको स्वतन्त्र युनियन (स्ववियु) नजिता सार्वजनिक भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा ८ मध्ये ४ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ ।
नेविसंघबाट फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतिमा विजयी भएका छन ।
यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी, सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम र मसुरियाको खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरी सभापतिमा विजयी भएका छन ।













