धनगढी। बागमती प्रदेशका प्रमुख दीपक देबकोटाले धनगढीमा जारी सिप तथा रोजगार मेलाको अबलोकन गरेका छन् । आफनो गृह नगर धनगढी आएको बेला जारी मेलाको अवलोकन गरेका हुनु ।
मेला अवलोकनका क्रममा सीप सिक्दै गरेकाहरूसँग उनले आफ्नो अनुभव साटासाट गरेका छन्। प्रदेश प्रमुख देवकोटाले स्वरोजगार बन्ने सुझाव पनि दिएका छन।
धनगढीमा होजियारी उद्योग सञ्चालन गर्दै आएका देवकोटाले रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरे।
प्रदेश प्रमुख देवकोटासँगै उनकी धर्मपत्नी एवम् उद्यमी रुक्मणि देवकोटा पनि सिप तथा रोजगार मेलामा पुगेकी छन्। धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी छन। धनगढी उपमहानगरपालिकाले एक महिनासम्म सिप तथा रोजगार मेला सञ्चालन गरेको छ।
चैत ८ गतेसम्म मेला सञ्चालन हुने छ।













