काठमाडौं । टोखा नगरपालिका-३ मा एक घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ को एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














