धनगढी । कैलालीमा ३ ग्राम ८२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित आज प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका ६ वनवेहडा बस्ने बर्ष २९ को कृष्ण खडका रहेका छन ।
धनगढी उप-महानगरपालिका ३ मिलनचोक पछाडी जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र लागु औषध व्युरो धनगढी कैलालीबाट खटिगएको संयुक्त प्रहरी टोलीले खडकालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ८२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) र सु.प.प्र.०१००९ प ७२ नम्बरको मो.सा. बरामद गरेको छ ।
कृष्णलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।














