कैलाली ।स्वबियु निर्वाचन मा कैलाली बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई जनाले बागी उम्मेदवारी दर्ता गराएका छन ।
नेविसङ्घका नेता तेज जंग मल्ल र निवर्तमान स्ववियु कोषाध्यक्ष समेत रहेकी नेतृ अम्बीका चौधरीले सभापतिमा बागी उम्मेदवारी दर्ता गराएका हुन ।
टिकट बितरणमा नेविसङ्घका अध्यक्ष मनिस कुँवर ले एकलौटी गरेको भन्दै मल्लले स्वतन्त्र र चौधरीले स्वतन्त्र बिद्यार्थी एकता समुहनै बनायर बागी उम्मेदवारी दिएका हुन ।
मल्ल नेविसङ्घका पूराना नेता हुन भने चौधरी नि वर्तमान कैलाली बहुमुखी क्याम्पसकी कोषाध्यक्ष हुन ।
कोषाध्यक्ष चौधरीको स्वतन्त्र बिद्यार्थी एकता समूहबाट सचिव पदमा रोहित रावत , कोषाध्यक्ष मा खेमराज भट्टराई र सदस्यहरूमा लोकराज ओझा, आकाश कुमार धामी , दल बिष्टले उम्मेदवारी दिएका छन । यता नेविसङ्घले सन्तोष पन्त लाई सभापति उम्मेदवार बनाएको छ ।
२७ चैतमा स्ववियु को निर्वाचन हुँदै
२७ चैतमा सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको सीताराम र घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस, बाजुराको बडीमालिका र बाजुर क्याम्पस, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । 















