कैलाली । नेपाल पत्रकार महासंघ कैलालीले लोकु सिंह ठकुरीकी स्वर्गीय आमा उमादेवी सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आज उनकै घरमा पुगेर महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगाएतको टिमले सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । लोकु सिंह ठकुरी नेपाल पत्रकार महासंघ कैलाली शाखाका कार्यसमिति सदस्य समेत हुन् ।













