सर्लाही । लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४४ किलोग्राम सहित सोही नगरपालिका(१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाटखटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाईल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाईपक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब २ सय ४४ किलोग्राम गाँजा सहित बोलेरो चालक पक्राउ
करिब २ सय ४४ किलोग्राम गाँजा सहित बोलेरो चालक पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













