रूपन्देही । मायादेवी गाउँपालिका-८ मतखोलास्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने ७० वर्षीया काला ठकुरी र उनकै नाति १० वर्षीय छबीलाल ठकुरीको शुक्रबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरूको भिम अस्पताल भैरहवामा उपचारको क्रममा
मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













