• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ८. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

नेपाली हाते कागज उद्योग सङ्कटमा

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित

बाजुरा । बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हाते कागज उद्योग पछिल्लो समय सङ्कटमा परेका छन् । बिक्रीका लागि जिल्लामै बजार नपाउनु तथा स्थानीय तहले अनुदानका कार्यक्रम नहुँदा पछिल्लो समय जिल्लामा सञ्चालन हुँदै आएका नेपाली हाते कागज उद्योग सङ्कटमा पर्न थालेका हुन् ।

यहाँ उत्पादन हुने गरेका अन्य वस्तुले गाउँमै बजार पाउने गरेको भए पनि नेपाली हाते कागज बेच्न भने निकै समस्या रहेको छ ।

बजारको समस्या भएकै कारण यहाँका केही उद्योग पछिल्लो समय बन्द हुँदै गएका छन् । घरेलु कार्यालयमा एक दर्जन नेपाली हाते कागज उद्योग दर्ता भएको भए पनि अहिले चार वटा मात्र सञ्चालनमा छन् । जसमा हिमाली गाउँपालिका–१ को विच्छ्या, बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैन, गौमूल गाउँपालिका–१ को भौनरा र त्रिवेणी नगरपालिका–६ को पन्धारामा नेपाली हाते कागज उद्योग सञ्चालनमा छन् ।

बडुको लोक्ताबाट यो कागज उत्पादन गरिन्छ । उद्योगले कागज उत्पादनका लागि कच्चा पदार्थ गाउँमै पाउने गरेको भए पनि बिक्रीका लागि भने जिल्लाभन्दा बाहिर लैजानुपर्ने समस्या रहेको छ ।

उत्पादन गरिएको कागज बिक्री नहुँदा यहाँका अधिकांश उद्योग निकै सङ्कटमा पर्ने गरेका हुन् । यहाँका केही उद्योग फाटफुट रूपमा सुचारु हुने गरेको भए पनि अरू आठ उद्योग भने अझै बन्द अवस्थामा छन् । गाउँमा उत्पादन गरेको नेपाली हाते कागजले बजार नपाउँदा बिक्रीमा समस्या हुने गरेको त्रिवेणी नगरपालिका–६ का प्रतिभा नेपाली हाते कागजका सञ्चालक धना थापाले बताईन् ।

उनले गाउँमै कच्चा पदार्थ सहज रूपमा पाए जस्तै बजारको व्यवस्था पनि भइदिएको भए पनि नेपाली हाते कागज उद्योगलाई सञ्चालन कुनै समस्या नहुने बताइन् ।

पहिला कागज कसरी उत्पादन गर्ने भन्ने चिन्ता हुन्छ । कागज उत्पादन गरी सकेपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता हुने गरेको थापाले बताइन् ।

यहाँ लोक्ता खरिद गर्दा एक केजीको १२० रुपियाँ पर्छ । त्यसको ढुवानी गर्दा पाँच रुपियाँ लाग्छ । अलि टाढाबाट खरिद गरेमा १० देखि २० रुपियाँ पर्छ ।

अहिले आफ्नो उद्योगबाट वर्षमा दुई सयदेखि तीन सय कोरी कागज उत्पादन हुने गरेको उहाँको भनाइ छ । एक कोरीमा झन्डै दुई सय पिस कागज हुन्छन् । एक कोरीमा छ हजार पाँच सयदेखि सात हजार रुपियाँसम्म बिक्री गर्ने गरेको छु ।

यहाँ एक दर्जन नेपाली हाते कागज उद्योग दर्ता भएका छन् । यहाँ नौ वटा स्थानीय तह छन् । यी सबै स्थानीय तहको दैनिक कामकाजमा नेपाली हाते कागज अनिवार्य गरिदिएको भए पनि यहाँ उत्पादन भएको नेपाली हाते कागजले गाउँमै बजार पाउने थियो तर यहाँका स्थाानीय तहमा नेपाली हाते कागजको कम प्रयोग हुन्छ ।

यहाँका स्थानीयले उत्पादन गरेको कागजलाई यतै प्रयोग गर्ने गरेर केही यहाँ जन्म, विवाह, मृत्युदर्ता तथा कुनै न्याय समितिका कामका लागि आउने तथा पर्ने गरेका निवेदनमा नेपाली हाते कागजको प्रयोग गर्ने योजना रहेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी साहले बताए । गोरखापत्रबाट

 

शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो
अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

समाचार

सबै

कस्तो रहला आजको मौसम ?

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

कस्तो रहला आजको मौसम ?

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.