धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार (साउन )८ गते सार्वजनिक बिदा घोषणा गरिएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार यो बिदा दिइएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अट्ठारी पर्वको अवसरमा बिदा दिइएको जानकारी दिए।
थारू समुदायले कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार (शुक्ल पक्षको पहिलो आइतबार)अट्ठारी पर्व मनाउँछन्। यो पर्वमा विशेषगरी पुरुषहरूले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर पानीसमेत नखाई व्रत बस्ने र बेलुकी पूजा गर्ने परम्परा छ।














