धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित भएको छ।
उद्योग वाणिज्य संघले आज प्रेस विज्ञप्ति जारी गर्दै ५१औं साधारण सभा तथा चुनावी अधिवेशन स्थगित भएको जनाएको हो।
अध्यक्ष पुष्पराज कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा दसैं र तिहारको बिचमा परिस्थिति हेरेर चुनावी अधिवेशनको गरिने उल्लेख गरिएको छ ।
संघले यसअघि भदौ २८ गते चुनावी अधिवेशनको मिति तोकेको थियो। चुनावी अधिवेशनमा लागि उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन भने भइसकेको छ।















