धनगढी । संविधान रक्षाका लागि नेपाल पत्रकार महासंघ कैलाली शाखा र बार एशोसियसन कैलालीले मौन प्रदर्शन गरेको छ ।
उनीहरुले आज धनगढीको पार्कमोडमा ‘राष्ट्र बचाऔँ,संविधान बचाऔँ’ नामका प्लेकार्ड र संविधानका पुस्तकसहित मौन प्रदर्शन गरेका हुन् ।
कैलाली जिल्ला बार एसोसिएसनका अध्यक्ष नाथुराम चौधरीले वर्तमान परिस्थितिको समाधान यो संविधान भित्रै रहेकाले संविधानमै टेकेर अगाडि बढ्नुपर्ने बताए ।
यस्तै, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले संविधान भन्दा माथि कोहि पनि नभएकाले सबैले संविधानको रक्षा गर्न आ–आफ्नो ठाउँबाट जाग्नुपर्ने बताए ।
पछिल्लो समय देशका विभिन्न स्थानमा संविधान रक्षाका लागि आवाज उठ्न थालेको छ ।













