दाङ- सशस्त्र प्रहरी बलका जवान जुवाको खालबाट पक्राउ परेका छन् । २९नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका जवान कृष्णमान चौधरी दंगिशरण ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
जिप्रका दाङ र इप्रका तुलसीपुरबाट खटिएको संयुक्त टोलिले शुक्रवार राति चौधरीसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवाडेको साथबाट ५ लाख २८ हजार ३ सय ४० रूपैँया बरामद भएको जिप्रका दाङले जनाएको छ । जुवाखालबाट दंगिशरण-५ का वडा सदस्य कमल वली र तुलसीपुरका-२ का वडा अध्यक्षका छोरा हिरा योगी समेत पक्राउ परेका छन् ।














