काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित गृह मन्त्रालयको नवनिर्मित भवनमा आफ्नो पदभार ग्रहण गरेकी छन्।
शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी कार्कीले आज बिहान सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन्।
सिंहदरबारभित्रको मुख्य भवन प्रदर्शनकारीले आगजनी गर्दा प्रयोग अयोग्य बनेपछि हाल प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा स्थानान्तरण गरिएको हो।













