धनगढी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) कैलालीले धनगढीमा बृहत् शान्ति र्याली आयोजना गरेको छ ।
आज धनगढीको ट्राफिक चौराहाबाट पार्कमोडसम्म र्याली निकालिएको हो ।
र्याली समापन गर्दै कैलाली जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष नाथुराम महतोले देशको मूल कानुन संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले भने ‘संविधान शासन व्यवस्थाको मूल विषयवस्तु भएकाले यसको संरक्षण र रक्षा गर्नुपर्छ ।’
उनले पछिल्लो समय देशमा भ्रष्टाचार,अनियमितता र विधिको शासन उल्लंघन भइरहेको बताए ।
उनले समय अनुसार संविधान संशोधन गर्न आवश्यक हुने बताए ।
उनले भने ‘वर्तमान समस्या,जनताहरुको माग र जेनजीहरुको आवाज समय सापेक्ष परिवर्तित आवश्यक भैरहेको सन्दर्भमा मूल संविधान समयानुसार परिमार्जन गर्नु संशोधन गर्न आवश्यक हुन्छ ।’
र्यालीमा पापडमा आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।
तस्बिरहरु















