धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले दीपावली, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । संघले शनिबार धनगढीमा शुभकामना आदान प्रदान तथा दिवा भोज कार्यक्रम गरेको हो।
संघका अध्यक्ष कुबेर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सर्वोत्तम पेन्ट्स प्रालि अत्तरियाका अध्यक्ष लक्ष्मीदत्त पाण्डेय रहेका थिए ।
सो अवसरमा संघले गोला प्रथाबाट संघका भाग्यमानी तीन जना सदस्यलाई विभिन्न गिफ्ट ह्याम्पर समेत प्रदान गर्नुका साथै व्यवसायीहरूलार्ई सम्मान समेत गरेको थियो । कार्यक्रममा चर्चित देउडा गायिका गौरी भट्ट र हास्य कलाकार हिक्मत महराको प्रस्तुति समेत रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा कैलाली जिल्लाभरका हार्डवेयर व्यवसायी सँगसँगै कैलाली उद्योग वाणिज्य संघ, उद्योग व्यापार महासंघ सुदूरपश्चिम, होटेल व्यवसायी संघ, नाटा सुदूरपश्चिम प्रदेश, कैलाली बिजुली संघ, कैलाली पलम्बर संघ, पत्रकार महासंघलगायतका संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आमन्त्रित संस्थाको प्रतिनिधित्व गरेर उपस्थित भएका अथितिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
अध्यक्ष शाहीले पुरस्कार विजेता तथा सम्मानित हुने व्यवसायीहरुलाई बधाई सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आउँदै गरेको नेपालीहरूको महान् चाड दीपावली, छठ तथा नेपाल संवतको शुभकामना व्यक्त गरे ।













