धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश संयोजक माननीय गणेश सिंह ठगुन्ना र बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा जिल्ला संयोजक माननीय ऐन महरलाई पार्टी प्रदेश कार्यालयमा भव्य स्वागत गरेको छ।
कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जोशी, सचिव रणबहादुर चन्द लगायत पार्टीका नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले नव-निर्वाचित नेताद्वयलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा नेताद्वयले जनताको विश्वासलाई कायम राख्दै विकास, सुशासन र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने उनीहरूको भनाइ रहेको थियो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
एमाले सुदूरपश्चिममा ठगुन्ना र महरलाई भव्य स्वागत, सफल कार्यकालको शुभकामना
एमाले सुदूरपश्चिममा ठगुन्ना र महरलाई भव्य स्वागत, सफल कार्यकालको शुभकामना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














