धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडले मोबाइल बैंकिङ तथा एटीएम सेवा केही दिनका लागि अस्थायी रूपमा बन्द रहने जनाएको छ।
संस्थाले सूचना जारी गर्दै नयाँ सफ्टवेयरमा डाटा माइग्रेसन तथा स्तरोन्नतिको कार्य गर्नुपर्ने भएकाले चैत ३० गते बेलुकादेखि उक्त सेवा बन्द रहेको जनाएको छ ।
सेवा केही दिनका लागि बन्द भएको र सेवा सुचारु हुनेबित्तिकै पुनः जानकारी गराइने समेत सूचनामा उल्लेख छ ।













