धनगढी । कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
रानाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



















