धनगढी । बझाङ र बैतडीमा आगलागीबाट ४ चौपायाको जलेर मृत्यु भएको छ ।
बझाङको मष्टा गाउँपालिका-५ द्धारी बस्ने राजेन्द्र कठायतको ढुङगा माटोले बनेको दुई तले दुई कोठे कच्ची घरमा गएराति आगलागी हुँदा गोठमा बाधेका २ वटा गोरुको जलेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट घर पूर्णरुपमा जलेको, मानवीय क्षति केही नभएको तथा स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।
त्यस्तै,बैतडीको सिगास गाउँपालिका-५ ठुला खोलास्थित जगनाथ धामीको खरले छाएको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा २ वटा भैसीको जलेर मृत्यु भएको र २ वटा भैसी जली घाइते भएका प्रहरीले जनाएको छ ।
आगलागीबाट गोठ जलेर नष्ट भएको तथा स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।



















