धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन ।
जिल्लाको टीकापुर नगरपालिका-२ बिजयनगर स्थित सोही ठाउँ बस्ने ४५ वर्षीय आशाराम चौधरीको घरगोठमा जुवातास खेलिरहेको अवस्थामा आशाराम चौधरी सहित ११ जनालाई गएराति पपक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.२२ हजार ९०५ र ४ गड्डी तास सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















