धनगढी । दार्चुलामा एक फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत दार्चुलाको २०८२ मंसिर ८ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी मुद्दामा ७ महिना १३ दिन कैद सजाय तोकिएका महाकाली नगरपालिका-४ बस्ने ३० वर्षीय उपेन्द्रराम लुहारलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार खलंगा बजारवाट पक्राउ गरेको जनाएको छ ।



















