धनगढी । दार्चुलामा करणी मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाको २०७२ जेठ १३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएपछि फरार रहेका मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ३२ वर्षीय हरिशराम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएकी सोही ठाउँ वस्ने ४२ वर्षीया पार्वती लुहार पक्राउ परेका प्रहरीले जनाएको छ ।
दुबै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ।













