धनगढी । कैलालीमा बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ।
आइतबार जिल्लाको लम्कीचुहा नगरपालिका-१ पूर्वलम्की स्थित भित्री सडक खण्डमा चन्द्र मऔलेशवर जाने सडकको छेउतिर झाडीमा वेवारिसे अवस्थामा एक थान एयर गन पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल फेला पारि नियन्त्रणमा लिएको जनाइएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















