धनगढी । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको पुनर्वास नगरपालिका-११ रामजानकी टोल बस्ने ४६ वर्षीय फिरु चौधरी मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
चौधरी घर देखि सय मिटर टाढा खेतमा सोमबार साँझ मृत अवस्थामा फेला परेका जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













