• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २० घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ३. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ४. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ५. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ६. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ७. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

सुदूरपश्चिम एमाले विवाद निर्णायक मोडमा : रावल हटाउने तयारीसँगै सरकार फेरबदलको संकेत

  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

धनगढी / सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद बुधबार निर्णायक चरणमा पुगेको छ। संसदीय दलका नेता राजेन्द्रसिंह रावल लाई हटाउने विषयमा केन्द्रीय नेतृत्व सक्रिय भएपछि सत्ता समीकरणसमेत फेरिन सक्ने संकेत देखिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली ले सुदूरपश्चिमका ११ जना प्रदेश सांसदलाई भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बोलाएर बिहान ११ बजेदेखि छलफल थालेका छन्। रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि उनलाई दल नेताबाट हटाउने प्रयास हुँदै आएको भए पनि सफल हुन सकेको थिएन। तर, आजको बैठकले नेतृत्व परिवर्तन टुंग्याउने सम्भावना बलियो देखिएको छ।

एमाले स्रोतका अनुसार छलफल केवल संसदीय दलको नेतृत्व परिवर्तनमा सीमित छैन। प्रदेश सरकारको समीकरण परिवर्तन गर्ने विषय पनि प्रमुख एजेण्डामा परेको छ।

हाल नेपाली कांग्रेस नेतृत्वको सरकारलाई एमालेले समर्थन गर्दै आएको छ। तर, उक्त समर्थन फिर्ता लिएर नयाँ गठबन्धन निर्माण गर्ने विषयमा समेत गम्भीर छलफल भइरहेको बताइएको छ। पछिल्लो समय एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच सहकार्यको सम्भावनाबारे शीर्ष तहमा संवाद चलिरहेको छ, र केही सांसदले त्यसको सुरुवात सुदूरपश्चिमबाटै गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेका छन्।

यदि अध्यक्ष ओली समीकरण परिवर्तनमा सहमत नभए, एमालेभित्रै मन्त्री हेरफेर गर्ने विकल्पसमेत अघि सारिने संकेत देखिएको छ।
सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकार कायम छ। उनी कांग्रेस–एमाले गठबन्धनको समर्थनमा २० साउन ०८१ मा दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्। हाल सरकारसँग कांग्रेसका १८ र एमालेका १० गरी २८ सांसदको समर्थन छ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको नेकपा २० सांसदसहित सबैभन्दा ठूलो दल भए पनि प्रतिपक्षमा रहेको छ। ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य मात्रै कायम छन्—एक निलम्बित र एक पद रिक्त रहेको अवस्था छ।

रावल हटेमा नयाँ संसदीय दल नेता चयन सहज नहुने देखिएको छ। उपनेता सन्तोष शर्मा लाई केन्द्रीय नेतृत्वले प्राथमिकतामा राखेको बताइए पनि उनको पक्ष–विपक्षमा तीव्र लबिङ भइरहेको छ।

यसैबीच पूर्वमन्त्री दामोदर भण्डारी समूहले उनको विरोध गरिरहेको छ। अन्य सम्भावित आकांक्षीहरूमा प्रमुख सचेतक चक्रबहादुर मल्ल, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक तथा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल समेत दौडमा छन्।

नेतृत्व चयनमा सहमति जुट्न नसके दल नेता परिवर्तनको प्रक्रिया पुनः अल्झिने जोखिम पनि रहेको एक नेताले बताएका छन्। “केन्द्रीय नेतृत्वले एउटै नाममा सहमत गराउन सकेन भने निर्णय फेरि टर्न सक्छ,” उनले भने।

आजको छलफलले सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण मात्र होइन, राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्ने देखिएको छ।

  • सुदूरपश्चिम एमाले विवाद निर्णायक मोडमा
बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद

समाचार

सबै

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २० घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ३.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ४.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ५.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ६.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.