धनगढी । कैलालीका युवा निर्माण व्यवसायी ललितबहादुर बाेहरालाई उत्कृष्ट निर्माण व्यवसायी अवार्डबाट सम्मानित गरिएकाे छ ।
निर्माण व्यवसायी संघ कैलालीकाे २९ औं साधारण सभा तथा १२औं अधिवेशनका अवसरमा बाेहरालाई उत्कृष्ट निर्माण व्यवसायी अर्वाड प्रदान गरिएकाे हाे ।
बिहिवार धनगढीमा आयाेजित विशेष समाराेहमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले युवा निर्माण व्यवसायी बाेहरालाई उत्कृष्ट निर्माण व्यवसायी अवार्ड प्रदान गरेका थिए ।
बाेहरा दुनिला कन्स्ट्रक्सनका संचालक हुन् । बोहरा निर्माण व्यवसायीका क्षेत्रमा उत्कृष्ट, अनुशासित, ईमान्दार, कर्तव्यनिष्ट निर्माण व्यसायीका रुपमा चिनिन्छन् ।



















