धनगढी । कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको गोदावरी नगरपालिका-४ लामामोड स्थित गोदावरी सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















