धनगढी । डोटीमा एक घरमा आगलागी हुँदा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका-१ तिखा बस्ने रत्नादेवी नेपालीको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुदाँ करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















