धनगढी- कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम खैरो हेरोइनसहित सोही ठाउँका खगेन्द्र बोहरालाई प्रहरीले विहीबार पक्राउ गरेको हो।
प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालयबाट संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। यता धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हेरोइनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर विकसमेत तीन जनालाई पक्राउ परेका छन्। उनीहरु पनि बिहिबार साँझ पक्राउ परेका हुन्।














