• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिममा उपभोक्ता अदालत गठन गर्नुपर्नेमा जोड

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा उपभोक्ताको अधिकार सुनिश्चित गर्न प्रदेशस्तरमै उपभोक्ता अदालत गठन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू, उपभोक्ता अदालतको आवश्यकता र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले उपभोक्ता अधिकार संरक्षणका लागि प्रभावकारी न्यायिक संयन्त्र आवश्यक रहेको बताएका हुन्।

अधिवक्ता पुष्पविक्रम शाहीले आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सुदूरपश्चिममा उपभोक्ता अदालत गठन गर्न जरुरी रहेको बताए। उनले उपभोक्ता विभिन्न प्रकृतिका सेवा लिन जाँदा ठगिदै आएकोले त्यसमा सजगत गराउन सरोकारवालाला निकाय गम्भिर भएर लाग्नुपर्ने बताए ।
नेपाल बार एसोसिएसनका सचिव प्रेमबहादुर शाहीले मानव स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको भन्दै त्यसलाई रोक्न पहाडी जिल्ला डडेल्धुरामा समेत उपभोक्ता इजलास गठन गर्ने विषय अघि बढाउन सकिने बताए।

वरिष्ठ अधिवक्ता तुलाराम गिरीले नेपाल बार एसोसिएसनले विगतदेखि नै उपभोक्ता संरक्षणका सवाल उठाउँदै आएको उल्लेख गर्दै सुदूरपश्चिममा उपभोक्ता अदालत गठन गर्नुपर्ने माग गरे।

त्यस्तै, वरिष्ठ अधिवक्ता वीरबहादुर जेठाराले उपभोक्ताले विभिन्न समस्या भोग्दै आएको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ ले सम्बोधन गरेका विषयमा सरोकारवाला गम्भीर बन्नुपर्ने बताए। उनले उपभोक्ता स्वयं पनि आफ्नो अधिकारप्रति सचेत र जागरुक हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख वसन्त कार्कीले उपभोक्ता अधिकारलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने बताए। नागरिक सचेत नभएसम्म विभिन्न क्षेत्रमा उपभोक्ता ठगिने क्रम जारी रहने उल्लेख गर्दै उनले उपभोक्ता अदालत गठनसँगै उपभोक्ता सचेतनाका कार्यक्रम पनि अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा सहभागी सचिदानन्द जोशीले उपभोक्ताको अधिकार सुनिश्चित गर्ने विषयमा राज्य नै उदासीन देखिएको टिप्पणी गरे।

नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सिद्धराज ओझाले सुदूरपश्चिममा उपभोक्ता अदालत गठन भए न्याय सम्पादनमा सहज हुने बताए।

कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश भुवन थापाले संविधानले उपभोक्ताको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै सुदूरपश्चिमसहित सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन हुनुपर्ने बताए। त्यसका लागि आवश्यक संयन्त्र निर्माण गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।

कार्यक्रममा उपभोक्ता हित संरक्षणका उपमहासचिव शृंगऋषि काफ्लेले उपभोक्ता अदालतको आवश्यकता र उपभोक्ता हित संरक्षणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरी, सचिव वसन्त गौतमले लुम्बिनी प्रदेशस्थित नेपालगन्जमा प्रयोग हुँदै आएको अभ्यासबारे अनुभव आदानप्रदान गरेका थिए।

सहभागीहरूले उपभोक्ताको अधिकार संरक्षणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन, सहज न्यायिक पहुँच तथा उपभोक्ता सचेतना आवश्यक रहेको बताएका थिए।कार्यक्रमको अध्यक्षता नेपाल बार एसोसिएसनका अध्यक्ष नाथुराम महतोले गरेका थिए भने उपभोक्ता हित संरक्षणका उपाध्यक्ष धनपति ढुंगेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन भोजराज जोशीले गरेका थिए ।

  • उपभोक्ता
शनिबार, साउन २३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.