• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

निर्वाचन कार्यालयको वार्षीक समीक्षा तथा अन्तरक्रिया सम्पन्न

  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित

धनगढी । प्रदेश निर्वाचन कार्यालय धनगढीको वार्षीक समीक्षा तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमका आज सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले गत आर्थिक वर्ष २०८२८३ मा सम्पादन गरेका कामको प्रस्तुतिकरण गरेका थिए ।

उनले निर्वाचन कार्यालयले गत आवमा राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ सफलतापूर्वक सम्पन्न गरेको,प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सम्पूर्ण व्यवस्थापन,समन्वय तथा सञ्चालन गरि प्रभावकारी रुपमा सम्पन्न गरेको जानकारी दिए ।

त्यस्तै, २८ हजार ५७३ जना नयाँ मतदाता दर्ता गरिएकामा राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत २१ हजार ८५७ जना,कार्यालयमा जैविक विवरण संकलनमार्फत ६ हजार ७१६ जना मतदाता दर्ता गरिएको जानकारी दिए ।

विवरण सच्याउने,मतदाता सार्ने तथा मृत्युका कारण नाम हटाउने लगायत ३ हजार ६६५ वटा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न गरिएको उनले बताए ।

अनलाईन मतदाता नामावली प्रणाली सम्बन्धी वडास्तरीय सहजीकरण,निर्वाचन तथा मतदाता शिक्षा,विशेष मतदाता शिक्षा कार्यक्रम,विद्यालय स्तरीय लोकतन्त्र,निर्वाचन तथा मतदाता शिक्षालगायतका कार्यक्रम गरिएको उनले जानकारी दिए ।

निर्वाचन सामाग्रीसम्बन्धी सहजीकरण,राजनीतिक दल तथा अन्य सरोकारवालासँग समन्वयलगायतका कार्य गरिएको उनले बताए ।
त्यस्तै,उनले गत फागुन २१ गते भएको प्रतिनिधसभा सदस्यको निर्वाचनमा प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा २४ वटा दलले भाग लिएको बताए । जसमा दलकातर्फबाट १७८ जना र २८ जना स्वतन्त्र उम्मेदवार गरि २०६ जनाले उम्मेदवार रहेका उनले बताए । त्यसमध्ये १८८ जना पुरुष र १८ जना महिला उम्मेदवार रहेका उनले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले दलहरुले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार न्यून बनाउने गरेका कारण महिलाको प्रतिनिधित्व कम हुने गरेको बताउँदै आगामी निर्वाचनमा महिला उम्मेदवार बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णप्रसाद चौधरीले महिला उम्मेदवार बन्दा खर्च गर्न सक्दैनन्,चुनाव जित्दैनन् भन्ने गलत सोचका कारण महिलालाई दलहरुले टिकट नदिने बताउँदै आगामी दिनमा हरेक तहका निर्वाचनमा महिला उम्मेदवारलाई बढाउनु पर्ने बताए ।

त्यस्तै,कार्यक्रममा बोल्दै नेकपा एमालेका धनगढी उपमहानगर कमिटी अध्यक्ष अम्बिका बिष्टले महिलाहरु पनि राज्य सञ्चालनमा सक्षम भइसकेका बताउँदै महिलाहरुलाई दलहरुले उम्मेदवार बनाउनु पर्नेमा जोड दिइन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,सरोकारवाला तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सोमबार, साउन २५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.