• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म

  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

बाढी, पहिरो, डुबान वा अन्य प्राकृतिक विपद् आउँदा हाम्रो पहिलो ध्यान उद्धार र राहतमा जान्छ। घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र खाद्यान्न वितरणलाई तत्काल प्राथमिकता दिइन्छ। तर पानी घटेपछि, बाढी पहिरो रोकिएपछि वा उद्धार कार्य सकिएपछि विपद्को अर्को चरण सुरु हुन्छ,स्वास्थ्य संकटको चरण।

दूषित खानेपानी, अव्यवस्थित सरसफाइ, भीडभाड, खाद्यान्नको अभाव, स्वास्थ्य संस्था बन्द हुनु, औषधि आपूर्ति अवरुद्ध हुनु, खोप छुट्नु, गर्भवती तथा सुत्केरीको नियमित सेवा रोकिँनु र विपद्को मानसिक असरले प्रभावित समुदायलाई लामो समयसम्म जोखिममा राख्न सक्छ।

त्यसैले विपद्लाई केवल प्राकृतिक घटना भनेर हेर्नु पर्याप्त हुँदैन। यसको प्रभाव मानिसको स्वास्थ्य, पोषण, मानसिक अवस्था, सामाजिक सुरक्षा र स्वास्थ्य प्रणालीको निरन्तरतासँग प्रत्यक्ष जोडिएको हुन्छ।

शव व्यवस्थापन : सम्मानसँगै स्वास्थ्य सुरक्षा

विपद्का क्रममा मृत्यु भएका व्यक्तिको सम्मानजनक र व्यवस्थित शव व्यवस्थापन पनि स्वास्थ्य तथा आपत्कालीन प्रतिक्रियाको महत्वपूर्ण जिम्मेवारी हो । विपद्पछि शवको पहिचान, अभिलेखीकरण, सुरक्षित स्थानमा व्यवस्थापन, परिवार तथा आफन्तलाई जानकारी र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ । जनस्वास्थ्यको दृष्टिले शव व्यवस्थापन गर्दा सम्मान, पहिचान र traceability लाई प्राथमिकता दिनुपर्छ ।

शवसँग सम्बन्धित सूचना व्यवस्थित रूपमा अभिलेख राख्नु र परिवारलाई सही सूचना उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सामान्य अवस्थामा विपद्का कारण मृत्यु भएका सबै व्यक्तिको शवबाट स्वतः महामारी फैलिन्छ भन्ने धारणा सही हुँदैन । तर केही विशेष संक्रमण वा वातावरणीय जोखिमको अवस्था हुन सक्ने भएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्छ । त्यसैले शव व्यवस्थापनलाई उद्धारपछिको छुट्टै कामका रूपमा होइन, समग्र disaster health response को अभिन्न अंगका रूपमा लिन आवश्यक छ ।

विपद्पछि सबैभन्दा ठूलो जोखिम : सुरक्षित पानी र सरसफाइ

बाढी तथा डुबानपछि खानेपानीका मुहान, पाइपलाइन, धारा तथा शौचालयमा क्षति पुग्न सक्छ। ढल, मानव तथा पशुजन्य फोहोर पानीमा मिसिँदा पानी दूषित हुने सम्भावना बढ्छ।

यस्तो अवस्थामा झाडापखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगको जोखिम बढ्न सक्छ। अस्थायी शिविरमा धेरै मानिस एउटै स्थानमा बस्दा संक्रमण फैलिने सम्भावना अझ बढी हुन्छ। त्यसैले राहत वितरणसँगै सुरक्षित खानेपानी, पानी शुद्धीकरण, क्लोरिनेसन, शौचालय, हात धुने सुविधा, फोहोर व्यवस्थापन र खाद्य स्वच्छतालाई समान प्राथमिकता दिनुपर्छ।

जनस्वास्थ्यकर्मीको दृष्टिमा विपद्पछि ‘कति मानिसलाई राहत दिइयो?’ मात्र होइन, ‘कति मानिसले सुरक्षित पानी पाइरहेका छन्?’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हो।

रोग देखिएपछि होइन, रोग फैलिनुअघि निगरानी

विपद्पछि स्वास्थ्य सेवाको महत्वपूर्ण काम बिरामीको उपचार गर्नु मात्र होइन, समुदायमा रोगको असामान्य वृद्धि भए/नभएको पहिचान गर्नु पनि हो। झाडापखाला, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या, छालाको संक्रमण तथा अन्य संक्रामक रोगका बिरामी अचानक बढेमा त्यसलाई प्रारम्भिक चेतावनीका रूपमा लिनुपर्छ।

यसका लागि स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय, प्रयोगशाला, स्थानीय तह तथा समुदायबीच प्रभावकारी सूचना आदानप्रदान आवश्यक हुन्छ। Early Warning, Alert and Response जस्ता प्रणालीलाई सक्रिय राख्न सके सम्भावित प्रकोपलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिन्छ।

विपद्पछि स्वास्थ्यकर्मीको भूमिका त्यसैले ‘औषधि दिने’ भन्दा धेरै फराकिलो हुन्छ,उनीहरू रोग खोज्ने, जोखिम पहिचान गर्ने र प्रकोप रोक्ने पहिलो पंक्तिका जनस्वास्थ्यकर्मी हुन्।

पोषण संकट : राहतमा खाना मात्र होइन्,पोषण पनि

विपद्को समयमा खाद्यान्न वितरणलाई प्रमुख राहतका रूपमा हेरिन्छ। तर पेट भर्न खाना पाउनु र शरीरलाई आवश्यक पोषण पाउनु एउटै कुरा होइन।

घरबार गुमाएका तथा विस्थापित परिवारमा नियमित खाना, खाद्य विविधता र पोषणयुक्त आहारको पहुँच घट्न सक्छ। यसको प्रत्यक्ष असर बालबालिका, गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा पर्न सक्छ।

विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा रोग र कुपोषण एकअर्कासँग जोडिन सक्छन्। संक्रमण हुँदा पोषण अवस्था बिग्रन सक्छ र कुपोषित बालबालिका संक्रमणप्रति थप संवेदनशील हुन सक्छन्। त्यसैले विपद्पछि बालबालिकाको पोषण अवस्था नियमित रूपमा मूल्याङ्कन गर्नुपर्छ। आवश्यकताअनुसार MUAC स्क्रिनिङ, पोषण परामर्श, उपचारात्मक पोषण सेवा र समयमै रेफरल गर्नुपर्छ।

आमाको दूधलाई विपद्ले रोक्नु हुँदैन

विपद्को अवस्थामा शिशु तथा साना बालबालिकाको पोषण अझ संवेदनशील हुन्छ। आमा र बच्चा छुट्टिनु, तनाव, असुरक्षित पानी तथा गलत धारणाका कारण स्तनपानमा अवरोध आउन सक्छ। यस्तो अवस्थामा स्तनपानलाई निरन्तरता दिन सहयोग गर्ने वातावरण बनाउनुपर्छ।

साना बालबालिकाका लागि सुरक्षित पूरक खाना, स्वच्छ पानी र खाद्य स्वच्छताको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ। विपद्को समयमा ‘सबैलाई एउटै राहत’ भन्दा उमेर, अवस्था र आवश्यकताअनुसार लक्षित पोषण सेवा प्रभावकारी हुन्छ।

मातृ तथा शिशु स्वास्थ्यलाई बेवास्ता गर्न हुँदैन

विपद्का कारण स्वास्थ्य संस्था बन्द भयो वा सडक अवरुद्ध भयो भने गर्भवती महिलाको ANC, सुरक्षित प्रसूति र PNC सेवा प्रभावित हुन सक्छ।

यसले उच्च जोखिम भएका गर्भवतीलाई समयमा स्वास्थ्य संस्थामा पुर्‍याउन कठिन बनाउँछ। त्यसैले प्रभावित क्षेत्रमा गर्भवती तथा सुत्केरीको पहिचान, आवश्यक स्वास्थ्य परीक्षण, जोखिम वर्गीकरण, प्रसूति सेवा, रेफरल र आपत्कालीन यातायातको व्यवस्था गर्नुपर्छ।

त्यस्तै,नवजात शिशुको स्वास्थ्य, खोप, परिवार नियोजन तथा आवश्यक औषधि सेवासमेत निरन्तर राख्नुपर्छ।

मानसिक स्वास्थ्य : नदेखिने तर गहिरो सङ्कट

विपद्को चोट शरीरमा मात्र देखिँदैन। घर गुमाउनु, आफन्तबाट छुट्टिनु, आर्थिक क्षति हुनु, भविष्यबारे अनिश्चितता बढ्नु वा आफूले भोगेको डरका कारण मानिसमा चिन्ता, तनाव, दुःख, निद्रामा समस्या र अन्य मनोसामाजिक समस्या देखिन सक्छन्।

बालबालिकामा यसको असर अझ फरक रूपमा देखिन सक्छ। उनीहरू डराउने, असुरक्षित महसुस गर्ने वा व्यवहारमा परिवर्तन देखाउने हुन सक्छन्। त्यसैले स्वास्थ्य शिविरमा औषधि र उपचारसँगै Psychological First Aid, मनोसामाजिक सहयोग, परामर्श तथा सुरक्षित र बालमैत्री वातावरण पनि आवश्यक हुन्छ। विपद्पछिको मानसिक स्वास्थ्यलाई ‘पछि हेरौंला’ भन्ने विषय बनाउनु हुँदैन। मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै हिस्सा हो।

नसर्ने रोगका बिरामी पनि जोखिममा

विपद् आएपछि हाम्रो ध्यान प्रायः चोटपटक र संक्रामक रोगमा केन्द्रित हुन्छ। तर उच्च रक्तचाप, मधुमेह, दम, मुटुरोगलगायत दीर्घरोग भएका बिरामीको उपचार पनि निरन्तर हुनुपर्छ।

औषधि घरमै छुट्नु, स्वास्थ्य संस्था बन्द हुनु वा नियमित जाँच गर्न नपाउनुका कारण उनीहरूको अवस्था बिग्रन सक्छ। त्यसैले राहत तथा स्वास्थ्य शिविरमा नियमित औषधि सेवन गर्ने बिरामीको पहिचान, आवश्यक औषधिको निरन्तरता, आधारभूत जाँच र रेफरल सेवा सुनिश्चित गर्नुपर्छ।

खोप छुट्यो भने अर्को समस्या आउन सक्छ

विपद्का कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा बालबालिकाको नियमित खोप छुट्न सक्छ। खोप छुटेका बालबालिकाको पहिचान गरी आवश्यक खोप सेवा पुनः सञ्चालन गर्नु महत्वपूर्ण हुन्छ। विशेषगरी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले खोपको अवस्था, शिशु तथा बालबालिकाको स्वास्थ्य र समुदायमा सम्भावित संक्रामक रोगको जोखिमलाई सँगसँगै हेर्नुपर्छ।

स्वास्थ्य संस्था भत्कियो भने स्वास्थ्य प्रणाली नै कमजोर हुन्छ

विपद्ले स्वास्थ्य चौकी, अस्पताल, औषधि भण्डार, प्रयोगशाला, एम्बुलेन्स तथा खानेपानी संरचनामा क्षति पुर्‍याउन सक्छ।

त्यसैले प्रभावित स्वास्थ्य संस्थाको Rapid Health Facility Assessment गरी कुन सेवा तत्काल सञ्चालन गर्न सकिन्छ, कहाँ अस्थायी स्वास्थ्य सेवा राख्ने र कुन बिरामीलाई कहाँ रेफर गर्ने भन्ने योजना बनाउनुपर्छ। स्वास्थ्य संस्थाको पुनःस्थापना केवल भवन निर्माणको विषय होइन। स्वास्थ्यकर्मी, औषधि, उपकरण, पानी, विद्युत्, सञ्चार, प्रयोगशाला र रेफरल प्रणाली सबै पुनःस्थापित गर्नुपर्छ।

विपद्पछि महामारीको डरभन्दा प्रमाणमा आधारित काम आवश्यक

विपद्पछि ‘अब महामारी फैलिन्छ’ भन्ने डर र अफवाह पनि फैलिन सक्छ। तर हरेक विपद्पछि महामारी आउँछ भन्ने होइन। जोखिमको वास्तविक अवस्था रोगको निगरानी, पानी तथा सरसफाइको अवस्था, जनघनत्व र स्थानीय स्वास्थ्य तथ्यांकका आधारमा मूल्याङ्कन गर्नुपर्छ।
जनस्वास्थ्यकर्मीले समुदायमा सही सूचना पुर्‍याउनु र गलत सूचना तथा अफवाह नियन्त्रण गर्नु पनि आफ्नो जिम्मेवारीका रूपमा लिनुपर्छ।

राहत वितरणमा पनि ‘स्वास्थ्य समानता’ आवश्यक

विपद्को असर सबै व्यक्तिमा समान हुँदैन। बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी तथा सामाजिक रूपमा कमजोर समूह थप जोखिममा हुन सक्छन्।

त्यसैले राहत र स्वास्थ्य सेवामा ‘सबैलाई बराबर’ भन्दा ‘आवश्यकताअनुसार प्राथमिकताको सिद्धान्त अपनाउनुपर्छ। सबैभन्दा जोखिममा रहेका मानिससम्म पहिलो पहुँच पुर्‍याउनु नै वास्तविक स्वास्थ्य समानता हो।

जनस्वास्थ्यकर्मीको भूमिका : उपचारभन्दा एक कदम अगाडि

विपद्पछि जनस्वास्थ्यकर्मीले निम्न पक्षमा नेतृत्व लिनुपर्छ :

१. Risk assessment — कुन समुदाय र समूह बढी जोखिममा छन् भन्ने पहिचान।

२. Disease surveillance — सम्भावित रोग तथा प्रकोपको निगरानी।

३. WASH — सुरक्षित पानी, सरसफाइ र स्वच्छता प्रवर्द्धन।

४. Nutrition — बालबालिका तथा जोखिम समूहको पोषण अवस्था पहिचान र व्यवस्थापन।

५. Maternal & Child Health — गर्भवती, सुत्केरी, नवजात तथा बालबालिकाको सेवा निरन्तरता।

६. Mental Health & Psychosocial Support — मानसिक तथा मनोसामाजिक सहयोग।

७. NCD care — दीर्घरोगीको औषधि तथा उपचार निरन्तरता।

८. Immunization — छुटेका खोपको पहिचान र सेवा पुनः सञ्चालन।

९. Health education — सही स्वास्थ्य सूचना र व्यवहार परिवर्तन सन्देश।

१०. Referral — गम्भीर बिरामीलाई समयमै उपयुक्त स्वास्थ्य संस्थामा पठाउने व्यवस्था।

११. Coordination — स्थानीय तह, स्वास्थ्य संस्था, सुरक्षा निकाय, खानेपानी तथा सरसफाइ क्षेत्र र गैरसरकारी संस्थाबीच समन्वय।

१२. Recovery & Rehabilitation — स्वास्थ्य प्रणालीको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माण।
‘Build Back Better’ : पुरानै होइन, अझ राम्रो स्वास्थ्य प्रणाली

विपद्पछि हामीले एउटा प्रश्न सोध्नुपर्छ—भत्किएको संरचना पुरानै रूपमा बनाउने कि भविष्यको विपद् सामना गर्न सक्ने गरी अझ सुरक्षित बनाउने?

यसका लागि स्वास्थ्य संस्था सुरक्षित स्थानमा निर्माण गर्ने, विपद् प्रतिरोधी संरचना बनाउने, वैकल्पिक खानेपानी तथा विद्युत् व्यवस्था राख्ने, आवश्यक औषधि तथा उपकरणको आकस्मिक भण्डारण गर्ने, स्वास्थ्यकर्मीलाई आपत्कालीन व्यवस्थापनमा तालिम दिने र प्रभावकारी सञ्चार प्रणाली विकास गर्ने काम आवश्यक हुन्छ।

यही अवधारणालाई ‘Build Back Better’ अर्थात् विपद्पछि पहिलेभन्दा अझ सुरक्षित र बलियो स्वास्थ्य प्रणाली निर्माण गर्ने दृष्टिकोणका रूपमा लिन सकिन्छ।

अबको प्राथमिकता : उद्धारबाट पुनःस्थापनासम्म

विपद् व्यवस्थापनलाई केवल उद्धार र राहतमा सीमित राख्दा स्वास्थ्य संकटको ठूलो हिस्सा छुट्न सक्छ।

यसलाई एउटा निरन्तर चक्रका रूपमा बुझ्नुपर्छ :

पूर्वतयारी → उद्धार → राहत → स्वास्थ्य सुरक्षा → रोग निगरानी → पोषण तथा मानसिक स्वास्थ्य सेवा → स्वास्थ्य सेवा पुनःस्थापना → पुनर्निर्माण → विपद् प्रतिरोधी स्वास्थ्य प्रणाली

यस चक्रको प्रत्येक चरणमा जनस्वास्थ्यको भूमिका महत्वपूर्ण हुन्छ।

अन्त्यमा : विपद् सकिएपछि स्वास्थ्य संकट सुरु हुन सक्छ

बाढीको पानी घट्न सक्छ। पहिरो रोकिएला। विस्थापित मानिस घर फर्केलान्। तर दूषित पानीबाट हुने संक्रमण, कुपोषण, छुटेको खोप, रोकिएको औषधि सेवा, मानसिक तनाव र कमजोर स्वास्थ्य प्रणालीको प्रभाव लामो समयसम्म रहन सक्छ।

त्यसैले विपद्पछि स्वास्थ्यलाई राहतको एउटा सानो हिस्सा होइन, पुनःस्थापनाको केन्द्रबिन्दु बनाउनुपर्छ। जनस्वास्थ्यको दृष्टिले सफल विपद् व्यवस्थापन त्यो हो, जहाँ मानिसलाई विपद्बाट बचाएपछि विपद्पछिको रोग, कुपोषण, मानसिक समस्या र स्वास्थ्य सेवाको अवरोधबाट पनि जोगाइन्छ।

विपद् आउनु प्राकृतिक हुन सक्छ, तर विपद्पछि स्वास्थ्य संकट कति ठूलो हुन्छ भन्ने कुरा हाम्रो पूर्वतयारी, समन्वय र जनस्वास्थ्य प्रणालीको क्षमताले निर्धारण गर्छ। त्यसैले अबको प्रश्न केवल ‘कति मानिसको उद्धार भयो?’ भन्ने होइन।

प्रश्न यो पनि हो
‘कति मानिस सुरक्षित पानीमा फर्किए ?
कति बालबालिका कुपोषणबाट जोगिए ?
कति गर्भवतीले सुरक्षित सेवा पाए ?
कति मानिसले मानसिक स्वास्थ्य सहयोग पाए ?
र कति बलियो स्वास्थ्य प्रणाली बनाएर हामी अर्को विपद्का लागि तयार भयौं ?’

यिनै प्रश्नको उत्तरमा विपद्पछिको वास्तविक स्वास्थ्य पुनःस्थापना लुकेको छ।

 

लेखक : वेदप्रकाश जोशी

जनस्वास्थ्य निरीक्षक

हाल कार्यरत गोदावरी आधारभूत स्वास्थ्य सेवा केन्द्र,गोदावरी नगरपालिका–११, कैलाली

( HA -B.ed. – BPH)

 

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.