कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसी बाढीमा हराइरहेका सुदूरपश्चिमका नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।
बाढीमा हराएका आफन्तजनको खोजीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडित परिवारसँग भेटघाट गर्दै मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने बताए।
हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको जानकारी दिँदै उनले पीडित परिवारलाई आवश्यक सबै किसिमको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताए।
प्रदेश सरकारले बाढीमा हराइरहेका नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवासमेत सञ्चालन गरेको छ।
भोटेकोसी बाढीको घटना दुःखद, अकल्पनीय र विनाशकारी रहेको भन्दै मुख्यमन्त्री भट्टले घटनाबाट आफूहरू अत्यन्त मर्माहत भएको बताए। उनले पीडित परिवारलाई एक्लो महसुस हुन नदिन प्रदेश सरकार सधैँ तपाईहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
भोटेकोसी बाढीमा हराएका सुदूरपश्चिमका नागरिकको खोजीमा कुनै कसर बाँकी राख्दैनौँ : मुख्यमन्त्री भट्ट
भोटेकोसी बाढीमा हराएका सुदूरपश्चिमका नागरिकको खोजीमा कुनै कसर बाँकी राख्दैनौँ : मुख्यमन्त्री भट्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














