धनगढी । कञ्चनपुरमा प्रहरीले ३० लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
शुक्रबार जिल्लाका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.३० लाख १९ हजार ४४० बराबरको सुर्ती,विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले,बिस्कुट,प्लाष्टिक झिल्ली,भारतीय नम्बरको स्कारपिओ,एक थान मोटरसाइकललगायतका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।














