धनगढी । दार्चुलामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका-८ देवल बस्ने पुष्पराज जोशीको ३ वर्षीया छोरी प्रिन्सा जोशी करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको कोठामा रहेको बिद्युतको प्लकको प्वाल भित्र औला हाल्दा करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














