धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टार क्षेत्रमा गएको ठूलो पहिरोका कारण आंशिक रूपमा थुनिएको चमेलिया नदीको जलप्रवाह सामान्य बनेको छ। शनिबार बिहानदेखि नदीमा निरन्तर जलप्रवाह भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
शुक्रबार दिउँसो भट्टार क्षेत्रमा माथिबाट ठूलो पहिरो खसेपछि चमेलिया नदी केही समय आंशिक रूपमा अवरुद्ध भएको थियो। पछिल्लो समय पहिरो खस्ने क्रम रोकिएसँगै नदीमा कुनै अवरोध नरहेको प्रशासनले जनाएको हो।
पहिरोको जोखिमलाई मध्यनजर गर्दै भट्टार गाउँका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। जोखिममा रहेका १० परिवारलाई नजिकैको सिति गाउँमा रहेका आफन्तको घरमा सुरक्षित रूपमा सारिएको जनाइएको छ।
यसैबीच, पहिरोको जोखिम अपिहिमाल बेस क्याम्पतर्फ जाने पदयात्रा क्षेत्रमा समेत रहेकाले तत्काल उक्त क्षेत्रमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। जोखिमको अवस्था सामान्य नहुँदासम्म यात्रु तथा पर्यटकलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
चमेलिया नदीको जलप्रवाह सामान्य बन्दै
चमेलिया नदीको जलप्रवाह सामान्य बन्दै
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














