• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

एकै वडाका २७ जना सम्पर्कविहीन

  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

धनगढी। टीकापुर नगरपालिका–१, समितिपुरकी तुलसीचौधरीको आठ दिनदेखि भोक निन्द्रा हराएको छ । १० भदौको बिहान भोटेकोशी नदीमा आएको बाढीपछि उनका श्रीमान अन्तराम चौधरी सम्पर्कविहीन छन् । अघिल्लो दिन राति उनले फोनमा श्रीमानसँग कुरा गरेकी थिइन् ।
‘चिन्ता नलिनु तलब बुझेर दसैँमा घर आउँछु भन्नु भएको थियो । त्यसपछि केहीअत्तोपत्तो छैन’तुलसीले भनिन्, ‘श्रीमान बेपत्ताभएदेखि भोग निन्द्रा हराएको छ । परिवार पीडामा छौँ ।’ रसुवाको अपर त्रिशुली–१, जलविद्युत आयोजना मा मजदुरी गर्ने ४१ वर्षीय अन्तराम गत बैशाखमा त्यहाँ गएका थिए । परिवारका अनुसार बाढी आएका बेला उनी अरु कामदारसँगै जलविद्युत आयोजनाको ‘टनेल’मा काम गरिरहेका बुझिएको छ ।
सँगै कामगर्ने अन्तरामका भतिजा दीपक पनि बाढीपछि सम्पर्कविहीन छन् । छोराको खोजीका लागि उनका बुवा बिश्राम पाँच दिनदेखि प्रभावित क्षेत्रमा छन् । तर छोराको कुनै खबर पाउन सकेका छैनन् । २६ वर्षीय दीपक मजदुरी गर्न गाउँकै अन्य युवा सँग गत फागुनमा रसुवापुगेका थिए । ‘भाइ बेपत्ता भएपछि चिन्ताले आमाले खाना खान सक्नु भएको छैन’दिदी फुल कुमारीले भनिन्, ‘उद्दार टोली अहिलेसम्म टनेलमा जानै सकेको छैन रे । अहिलेसम्म उद्दार हुन सकेन, भाइको अवस्था केकस्तो पो छ ।’
समिति पुरकै लहानी चौधरी श्रीमान बेपत्ता भएपछि बेचैन छिन् । बाढी आएको दुई घण्टाअघि फोनमा श्रीमानसँग कुरा गरेकी उनले त्यसपछि श्रीमानको आवाज सुनेकी छैनन् । न उनलाई आफ्ना श्रीमानको अवस्था थाहा छ । उनले अझै आशा मारेकी छैनन् । टनेलभित्र उद्दारमा भएको ढिलाइले भने उनलाई चिन्ता थपेको छ । लहानीका श्रीमान ३५ वर्षीय मानबहादुर गत असार देखि जलविद्युत आयोजनामा काम गर्थे ।
भोटेकोशीको बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत टीकापुर नगरपालिका वडा नम्बर १ का मात्रै २७जना सम्पर्कविहीन छन् । त्यसमध्ये समितिपुर गाउँकामात्रै आठजना र भुपमुक्तकमैया बस्तीका छ जना रहेका वडा कार्यालयले निशाना न्युजलाई जनाएको छ । २७ जना बेपत्ताहुँदा वडानै शोकमा रहेको वडाध्यक्ष मोहन बिकले बताए । ‘त्यतिका मान्छे बेपत्ता हुँदा वडानै शोकमा छ ।परिवारहरु पीडामा छन्’ उनले भने, ‘यतिका दिनसम्म उद्दार हुन नसक्दा आशामर्दै गएको छ ।’
वडाले सम्बन्धित परिवारबाट बेपत्ताको विवरण संकलन गरेर नगरपालिका मार्फत अनलाइन विवरण भरेको उनले बताए । वडाध्यक्ष बिकका अनुसार बेपत्ता सबै एउटै आयोजना मा कामगर्नेहरु हुन् । बेपत्ताका परिवारले पैसा उठाएर टीकापुर–१ बाट खोजी का लागि छ जनालाई प्रभावित क्षेत्रमा पठाएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका टीकापुरका मात्र ३३ जना बेपत्ता रहेको विवरण नगरपालिकामा आएको वडाध्यक्ष बिकले जानकारी दिए ।
आफन्तको खबरको पीडादायी पर्खाइमा रहेका परिवारले इलाका प्रशासन कार्यालय टीकापुरमा बिहीबार नाराबाजी र घेराउ गरेका थिए । बेपत्ताको सास या लास दिन उनीहरुले सरकारसँग माग गरेका छन् । जलविद्युत आयोजनाको सुरुङभित्र आठ दिनसम्म उद्दार हुननसकेको भन्दै पीडित परिवार आक्रोशित बनेका हुन् ।
सँगै काम गर्नेहरुका अनुसार बेपत्तामध्ये अधिकांश बाढी आएका बेला टनेल भित्र काम गरिरहेका थिए । अपर त्रिशुली–१, मै कार्यरत समितिपुरका तुलाराम चौधरीले भागेर ज्यान जोगाए । स्यापु्रबाट बाढी आएको खबर पाएकाले आफू भाग्नपाएको उनले बताए । ‘म, मेरै गाउँका अरु दुईजनाभान्सेसहित छ जना क्यान्टिनमा थियौँ । बाढी आएको खबर आएको केहीबेरमै बाढी आइपुग्यो । ५–७ सेकेण्डले हामीजोगियौँ’ चौधरीले भने, ‘टनेल भित्र खबरनै गर्न पाएनौँ ।’
तुलारामले नै टीकापुरबाट अरु कामदार त्यहाँ लगेका थिए । उनले कम्पनीमा कामदार व्यवस्थापनको कामगर्थे । बेपत्ता हुनेमध्ये धेरैजसो आफ्नै गाउँका र आफन्त रहेको चौधरीले बताए । बेपत्ता आफन्तको खोजीमा टीकापुरबाट गएको टोलीसँगै रहेका उनले उद्दार टोली टनेल भित्र जान नसकेको बताए । ‘बेपत्ता कसैको पनिखबर पाइएको छैन’ समितिपुरकै अखिल चौधरीले भने, ‘टनेलभित्रको उद्दारमा निकै ढिलो भयो, अझै पनि छिटो गरिदिए आफन्तको लाश  पाइन्थ्यो ।’ उनी बेपत्ता रहेका मानबहादुरका भाइहुन् ।
बाढीपछि सम्पर्कविहीन छन् सुदूरपश्चिका एक सय ४६ जना
भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका एक सय ४६ जना अझै सम्पर्कविहीन छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार एक सय ८४ जना सम्पर्कविहीन रहेको भनेर सम्बन्धित परिवारले यहाँका विभिन्न जिल्ला स्थित प्रहरी कार्यालयलमा जानकारी गराएकोमा ३८ जना सम्पर्कमा आएका छन् ।
सबैभन्दा बढी कैलालीका ८५ जना बेपत्ता रहेकोमा २५ जना सम्पर्कमाआएका छन् ६० जना सम्पर्कविहीन छन् । कञ्चनपुरका ४६ जना सम्पर्कविहीन रहेकोमा १० जना सम्पर्कमाआएका छन् । प्रदेश प्रहरी कार्यालयकाअनुसार बाजुराका १८ र डडेल्धुराका १६/१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, अछाम र बझाङका दुई/दुई जना सम्पर्कविहीन छन् । त्यसमध्ये बाजुराका दुई र डडेल्धुराका एक जना सम्पर्कमा आएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक पदम बिष्टले जानकारी दिए।
प्रहरीका अनुसार बेपत्तामध्ये प्रभावित क्षेत्रमा रहेका जलविद्युत आयोजनामा काम गर्ने कामदारको संख्या धेरै छ । उनीहरुका आफन्त खोजविनका लागि प्रदेश सरकार र प्रहरी कार्यालयहरुलाई गुहारीरहेका छन् । बेपत्ता व्यक्ति हरुको खोजविनका लागि नेपाल प्रहरीको केन्द्रीय डेस्कमार्फत खोज समन्वय भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक बिष्टले बताए ।

 

  • सम्पर्कविहीन
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.